२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सडक डिभिजन दमकद्वारा गत वर्ष ३३ किलोमिटर सडक कालोपत्र


दमक, साउन २२ । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमि सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो ।

सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । ‘राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमि राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ’, उनले भने ।

सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित २२ करोड ८५ लाख ५८ हजार रुपैयाँमध्ये सबै अर्थात शतप्रतिशत खर्च भएको छ ।

दमक–चिसापानी सडकका लागि विनियोजित छ करोडमध्ये दुई करोड ५० लाख मात्र खर्च भएको छ । यसैगरी राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि विनियोजित ११ करोड ५५ लाख ५५ हजारमध्ये नौ करोड ७५ लाख ६६ हजार खर्च भएको छ ।

त्यस्तै, स्थानीय सडक पुल निर्माण शीर्षकको बजेट खर्च प्रतिशत ९८ दशमलव ४८ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकको बजेट खर्च प्रतिशत ८९ दशमलव ९० प्रतिशत र सडक बोर्डको बजेटको ९० दशमलव ९९ प्रतिशत खर्च भएको छ ।

सूचना अधिकारी देवका अनुुसार गत आर्थिक वर्षमा पुँजीगततर्फ कुल विनियोजित बजेटको ८९ दशमलव ६२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९/८० मा समग्र बजेटको ७४ दशमलव ५४ प्रतिशत खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer