२०८१ मंसिर २ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल डेभलपमेन्ट बैंकको नाफा ७ करोड ३८ लाख, रिजर्भमा करिब साढे ९० करोड


बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०।८१ समीक्षा वर्षमा बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ४४.१९ प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष बैंकले ५ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो वर्ष बैंकको सञ्चालन मुनाफा भने १६.१७ प्रतिशतले घटेर ११ करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १३ करोड ५८ लाख रुपैयाँ थियो ।

समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ४६ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६० करोड ८५ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २३.४१ प्रतिशतको कमि आएको छ ।

आर्थिक वर्ष २०८०।८१ मा बैंकको १९ करोड ४५ लाख रुपैयाँले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ६ करोड ४५ लाख रुपैयाँ थियो ।

बैंकको खराब कर्जा अनुपात (एनपिएल) बढेर ६.१८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ४.८६ प्रतिशत थियो । खराब कर्जा मेन्टेन गर्न बैंकले ११ करोड २९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।

चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ९० करोड ३५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष रिजर्भमा ४९ करोड २४ लाख रुपैयाँ थियो । रिजर्भको आकार ८३.४८ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंकले १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षमा बैंकले १३ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (इपिएस) बढेर ५.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष इपिएस ४.१० रुपैयाँ थियो । पिइ रेसियो ७६.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer