२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा ५६८ वटा लघु उद्योग र फर्म बन्द


बिर्तामोड, साउन ३२ । वित्तीय कारोबारमा सहज नभएपछि झापामा खोलिएका धेरै घरेलु उद्योहरु बन्द हुने क्रम बढ्दै गएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गएको वर्ष मात्र ५६८ वटा वाणिज्य फर्म तथा लघु उद्योगहरु बन्द भएका छन् ।

खासगरी गाउँघरमा खुलेका लघु उद्योग र वाणिज्य फर्महरु बन्द हुन थालेको भट्टराईले बताइन् । उनका अनुसार स्वरोजगारको राम्रो थलो मानिएका घरेलु तथा साना लघु उद्योगहरु धमाधम बन्द हुन थालेका छन् ।

प्रदेश सरकारबाट नवीकरणमा ढिलाई हुनेलाई विशेष छुट दिएकाले पुराना उद्योगले नवीकरण गरेकाले राजश्व भने केही बढेको उनको भनाइ छ ।

पोल्ट्री फार्म र कृषि क्षेत्रका लघु उद्योगहरु पनि बन्द हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थाको सहयोग नपाउँदा धेरै व्यवसायीहरु पलायन हुनु परेको छ ।

पछिल्लो समय आर्थिक तरलता देखाउँदै बैंक तथा वित्तीय संस्थाले सहज लगानी गरेका छैनन् । राज्यको उचित नीति नहुँदा उत्पादन भएका वस्तुहरुको पनि सहज बजार नभएकाले धेरैजसो उद्योगीहरु विस्थापित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer