२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाथरुमको टाइल्सको पहेँलोपन हटाउने घरेलु उपाय


बिर्तामोड, साउन ३२ । फोहोर टाइल्सको कारणले गर्दा बाथरुमको सम्पूर्ण शो बिग्रन्छ । पहेँलो टाइल्सको कारणले गर्दा प्रायः मानिसहरूलाई पाहुनाको अगाडि लाज महसुस हुन्छ ।

यदि तपाईं आफ्नो बाथरुमको टाइल्सको पहेँलोपन हटाउन चाहनुहुन्छ भने टमाटरको प्रयोग गर्न सक्नुहुन्छ । यो कुरा सुन्दा अचम्म लाग्न सक्छ तर, टमाटरमा पाइने तत्वले टाइल्समा भएको पहेँलोपन हटाउन प्रभावकारी साबित हुन सक्छ ।

टमाटर कसरी प्रयोग गर्ने ?

बाथरुमको फोहोर टाइल्स सफा गर्नका लागि सबैभन्दा पहिले टमाटरलाई सानासाना टुक्रामा काटेर त्यसको पेस्ट बनाउनुपर्छ । अब तपाईंले पहेँलो दाग भएको क्षेत्रमा यो पेस्ट लगाउनुहोस् ।

राम्रो परिणाम प्राप्त गर्नका लागि यो पेस्टलाई केही समयका लागि छोड्नुहोस् । पेस्ट हटाउनका लागि सफ्ट ब्रसको प्रयोग गर्नुहोस् र पेस्टलाई रगड्दै पानीले टाइल्स धुनुहोस् ।

टमाटरको मद्दतले तपाईं टाइल्सको पहेँलोपनबाट छुटकारा त पाउन सक्नुहुन्छ तर, तेलको दाग हटाउनका लागि यो घरेलु उपाय प्रभावकारी नहुन सक्छ ।

टमाटरको सट्टा तपाईं भिनेगर, बेकिङ सोडा र सिट्रस फलहरूलाई पनि बाथरुम सफा गर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । एसिडिक प्रकृतिका यी प्राकृतिक चीजहरू क्लिन्जरको रूपमा काम गर्छन् ।

यदि यस प्रकारका घरेलु उपायहरूले तपाईंको बाथरुम सफा भएन भने तपाईं बजारबाट राम्रो गुणस्तरको क्लिनर किनेर पनि प्रयोग गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer