२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

एसियन हाइवेको काम धमाधम


मेचीनगर, भदौ ६ । ३४ अर्ब ९१ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुनेगरी चार लेनको काम अघि बढेको एसियन हाइवेको काम अहिलेसम्म ५.५ प्रतिशत भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियन हाइवे निर्माण धमाधम भइरहेको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नति हुँदैछ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् ।

पहिलो चरणमा सडक क्षेत्रमा पर्ने सबै रुखहरु कटान यसअघि नै सकिएको छ । योसँगै यतिबेला सडकको नयाँ ट्र्याक बनाउनेदेखि कल्भर्टहरु निर्माण धमाधम भइरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न हुने सडक विस्तारको काम सुरु भइसकेको छ । राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम पनि सकिसकेको काँकरभिट्टा–लौकही सडक योजनाले जनाएको छ ।

एसियाली विकास बैंकको ३०० मिलियन अमेरिकी डलर तथा नेपाल सरकारको ६२.४७ मिलियन अमेरिकी डलरको लागतमा सडक बन्ने काँकरभिट्टा–लौकही सडक योजनाका इन्जिनियर आश्रय महतले बताए ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार बन्ने सडकमा सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer