बिर्तामोड, भदौ १२ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले सुकेको भारतीय प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको जनाएको छ ।
बुधबारका लागि मूल्यसूची तोक्दै समितिले कलकत्ता, बेलडाँगा र नासिकको सुकेको प्याजको न्यूनतम थोक मूल्य १०० रुपैयाँ कायम भएको जनाएको छ ।
त्यस्तै, आलु सेतोको ४६, आलु रातो ५०, काउली धनकुटाको ८०, टमाटर ठुलो नेपालीको ५२ रुपैयाँ कायम भएको छ ।