
दमक, भदौ १९ । झापाको दमकमा गोठको गाई चोरेर हत्या गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनाको तथ्य खोजी गर्न उनीहरुले प्रहरीलाई दबाब दिएका छन् ।
स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी गरेर करिब २ सय मिटरनजिकै खाली जमिनमा बञ्चरो हानेर गाई मारेको पाइएको हो ।
दमक-१ खानेपानी ट्याङ्कीटोल उत्तरको प्लटिङ एरियामा मंगलबार राति गाईको मारेको पाइएको थियो ।
घटनास्थलमा प्रहरी र जनप्रतिनिधिसहित स्थानीयहरु बिहानैदेखी भेला भएका थिए । गाई काट्नेले रगत, घाँटी, गर्धनको मासु काटेर लगेको पाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।