२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका विद्यार्थीले बनाएको मोबाइल एप्स १३ लाखमा बिक्री


बिर्तामोड, भदौ २४ । झापाका तीनजना विद्यार्थीले बनाएको मोबाइल एप्लिकेसन इजरायली कम्पनीले खरिद गरेको छ । उनीहरु मेची बहुमुखी क्याम्पस भद्रपुरका बिसिएका विद्यार्थी हुन् ।

उक्त एप्लिकेसन विद्यार्थीहरु बिर्तामोड-९ का उत्सव दाहाल, भद्रपुर-९ का तेज मगर र मेचीनगर-६ का राहुल विष्टले संयुक्त रुपमा तयार गरेका हुन् ।

बिसिए पाँचौँ सेमिस्टरमा अध्ययनरत तीनजना विद्यार्थीहरुले बनाएको ‘वाइफाइ थिफ डिटेक्टोर’ नामक एप्लिकेसन इजरायलको ग्यालेक्सी स्टुडियोले १३ लाख रुपैयाँमा खरिद गरेको हो ।

दुई साताअघि उक्त एप्लिकेसन इजरायली कम्पनीले खरिद गरेको दाहालले जानकारी दिए । उक्त एप्लिकेसन डाउनलोडपछि कुनकुन डिभाइसहरु चलिरहेको छ भन्ने जानकारी प्रदान गर्छ ।

आइपी एडे«ससहित कुनकुन डिभाइस चलिरहेको छ भन्ने जानकारी दिने एप्लिेसकन तीनजनाले एक हप्ता लगाएर बनाएको जानकारी दिए ।

विश्वमा प्रविधिको क्षेत्रमा आवश्यक भइरहेको एप्लिकेसनहरु बनाउन आफूहरु क्रियाशील रहेको उनीहरुको भनाइ छ । यसअघि पनि उनीहरुले विभिन्न एप्लिकेसनहरु बनाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer