२०८१ मंसिर १ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

डेढ करोडमा बनेको टिमाईको तरकारी बजार प्रयोगविहीन


मेचीनगर, भदौ २५ । झापाको बुद्धशान्ति-४ टिमाई खोलाको किनारमा बनेको तरकारी बजार प्रयोगमा नआउँदा र संरक्षण नहुँदा अलपत्र परेको छ ।

पुरानो भुटानी शिविर रहेको स्थानमा आर्थिक वर्ष २०७६/०७७ देखि तरकारी बजार निर्माण सुरु गरिएको थियो । हालसम्म १ करोड ६८ लाख रुपैयाँ लगानी भइसकेको छ ।

तरकारी बजारमा १२ वटा सटरसहितको कोठा, एउटा मण्डी, बेरा र सार्वजनिक शौचालय निर्माण भएको छ ।

सहरी क्षेत्रका सब्जी बजारहरुमा लोड गरेर लैजान भीडका कारण समस्या हुने देखिएकाले शान्तिनगरमा उत्पादन हुने तरकारीका लागि त्यहाँ मण्डी बनाइएको हो ।

स्थानीय कृषक हुइसल लामाका अनुसार सब्जी मण्डी सञ्चालनमा नआउँदा कृषकहरु बिर्तामोड, चारआली र धुलाबारी लगायतका बजारहरु जानु परेको छ । त्यहीँ बेच्न सके आम्दानी राम्रो गर्न सकिने उनको बुझाइ छ ।

बुद्धशन्ति-४ का वडा अध्यक्ष शेरबहादुर राया सब्जी मण्डीमा बाहिरबाट आएको तरकारी पनि बिक्री गर्ने योजना रहेको बताउँछन् ।

अध्यक्ष रायाका अनुसार बजारलाई भाडामा सञ्चालन गर्न पालिकाले सूचना निकाल्दा कोही नआएका कारण पालिकाले पुनः दोस्रोपटक सूचना प्रकाशित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer