२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा १०५ बिघामा नमुना धानखेती


बिर्तामोड, भदौ ३१ । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छवटा पालिकाका १०५ बिघामा नमुनाखेती गरिएको छ ।

किसानलाई प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले मेसिनको प्रयोग गरेर नमुना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध छन् ।

जिल्लाको भद्रपुरमा १० बिघा, बिर्तामोडमा सात बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा र मेचीनगरमा ३६ बिघा खेती गरिएको छ ।

कोशी प्रदेश सरकारको ‘कस्टम हायरिङ सेन्टर’ मार्फत यान्त्रिकीकरण प्रवर्धन कार्यक्रम एनएमसी एग्रो फर्मसँग सम्झौता गरी कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनका रुपमा धान रोपाइँ गरेको केन्द्रका प्रमुख सागर विष्ट बताए । यसबाट किसानको २० प्रतिशत लागत घट्ने जनाइएको छ ।

किसानलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको छ । १०५ बिघा धान खेतीका लागि पाँच लाख ५० हजार रुपैयाँ अनुदान दिइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer