२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा


बिर्तामोड, भदौ ३१ । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले झापाका ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ ।

कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन । कार्यालयका अनुसार जोखिममा रहेका सहकारी जिल्ला र नगर कार्यक्षेत्र रहेकाहरु छन् ।

कार्यालयको तथ्यांकअनुसार झापामा मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठवटा सहकारी रहेका छन् ।

कोशी प्रदेश रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका प्रमुख रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार रजिस्ट्रार कार्यालयले झापाका सहकारीको वित्तीय विश्लेषण गरेको थियो । उनका अनुसार झापाका १८४ वटा एउटा सहकारीको वित्तीय विश्लेषण गरिएको थियो ।

सहकारी डिभिजन कार्यालय विघटन भएपछि सहकारी विभागले एउटा स्थानीय तहमा मात्र कार्यक्षेत्र रहेका सहकारीलाई सोही पालिकाले अनुगमन, नियमन र निरीक्षण गर्ने कानुनी व्यवस्था गरेको थियो ।

त्यस्तै, एकभन्दा धेरै पालिका कार्यक्षेत्र रहेका सहकारीलाई प्रदेश सरकारले र एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारीलाई विभागले अनुगमन गर्ने व्यवस्था गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer