२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

देवी माविकी प्रधानाध्यापक श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कार


बिर्तामोड, असोज २ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठलाई राष्ट्रिय शिक्षा पुरस्कारद्वारा सम्मान गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवसको अवसरमा बुधबार श्रेष्ठसहित देशभरका सामुदायिक विद्यालयका ७४ जना शिक्षकलाई सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई पुरस्कृत गरेका थिए । श्रेष्ठको नेतृत्वमा आएपछि विद्यालयमा विद्यार्थीको चाप बढ्नुका साथै पढाइलाई परिष्कृत पार्दै लगिएको छ ।

उनलाई शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत राष्ट्रिय शिक्षा पुरस्कारस्वरूप प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ । उनी झापाबाट सम्मानित हुने एक मात्र प्रधानाध्यापक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer