२०८१ असोज ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडका तीन शिक्षकलाई जनही ५० हजारको पुरस्कार


बिर्तामोड, असोज ३ । बिर्तामोड नगरपालिकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका तीनजना शिक्षकलाई राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवस २०८१ को अवसरमा पुरस्कृत गरेको छ ।

पुरस्कृत हुने उत्कृष्ट शिक्षकहरुमा माध्यमिक तहबाट महेन्द्ररत्न माविका तुलसीराम खरेल, निम्न माध्यमिक तहबाट वीर अमरसिंह माविका हेमकुमार उप्रेती र प्राथमिक तहबाट जनता प्राविका लक्ष्मीप्रसाद गौतम छन् ।

आवेदन परेका विभिन्न १७ वटा निवेदनमाथि २० वटा सूचकको आधारमा उत्कृष्ट शिक्षक छनोट गरिएको समितिका संयोजक पूर्वउपसचिव युवराज पाण्डेले जानकारी दिए । ३ सदस्यीय छनोट समितिमा पाण्डेसहित डम्बर बस्नेत र दिनेश आचार्य रहेका थिए ।

संयोजक पाण्डेका अनुसार एक सय पूर्णाङ्कमा खरेल र उप्रेतीले ६८ प्रतिशत र गौतमले ६१.५ प्रतिशत नम्बर प्राप्त गरेका थिए ।
उनीहरुहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जनही नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरेका थिए ।

नगरप्रमुख महतारा प्रसाईंले शिक्षकको मनोबल उच्च बनाउनका लागि यो पुरस्कार तथा सम्मानको व्यवस्था गरिएको बताइन् ।

उपप्रमुख संग्रौलाले पुरानो पाठ्यक्रम परिवर्तन गर्नुपर्ने भन्दै जीवनोपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता रहेकोमा जोड दिए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य, विभिन्न शिक्षक संगठनका प्रतिनिधि तथा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer