२०८१ असोज ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा शिवाकोटीलाई सम्मान


बिर्तामोड, असोज ४ । संविधान दिवसको अवसर पारेर वीरता जेसिजले संविधानसभा सदस्य तथा वीरता जेसिजका संस्थापक सदस्य सुधीर शिवाकोटीलाई सम्मान गरेको छ ।

वीरता जेसिजले अन्तरक्रिया र दिप प्रज्जवलन गर्दै शिवाकोटीलाई सम्मान गरेको महासचिव सुमन पोद्दारले जानकारी दिए ।

जेसिजको अध्यक्ष विकास बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम जेसिज सप्ताहको मुल संयोजक अमरजित शाहले सम्मानपत्र वाचन तथा कार्यक्रम संयोजक प्रभात मास्केले स्वागत मन्तव्य राखेका थिए ।

कानुनी सल्लाहकार युवराज कुँवरले जेसिज आस्था वचन गरेको कार्यक्रममा जेसिज मिसन भिजन जुनियर जेसिजको सदस्य प्रिन्स रेहान जोयल श्रेष्ठले वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वीरता जेसिजका पूर्वअध्यक्ष किरण श्रेष्ठ, पूर्वअध्यक्ष सजेश शिवाकोटी, नेपाल जेसिजको उपाध्यक्ष घनश्याम चौधरी, जुनियर जेसिजका अध्यक्ष एनिक चैधरी, लब चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer