२०८२ भदौ २० शुक्रबार
Jhapa Today
Adv top

तमू विद्यार्थी छोँज धीँ झापा अध्यक्षमा पुनः नवेश


बिर्तामोड, असोज १८ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाको समिति पुनर्गठन गरिएको छ ।

झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा किरण गुरुङ, महिला उपाध्यक्षमा रिन्जी गुरुङ, सचिवमा ममता गुरुङ, एन्जिला गुरुङ, सहसचिवमा सनम गुरुङ, कोषाध्यक्षमा शिला गुरुङ, सहकोषाध्यक्षमा उदन गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, समितिको सदस्यहरुमा लक्की गुरुङ, सलिना गुरुङ, समीक्षा गुरुङ, आदित्य गुरुङ, निर्जन गुरुङ लाई चयन गरिएको छ ।

तमू विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाका अध्यक्ष नवेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिवालय सदस्य तथा समाजसेवी व्यक्तित्व जलकुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो भने नृत्य गर्ने विद्यार्थीहरुलाई प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो ।

तमू (गुरुङ) विद्यार्थी छोँज धीँ जिल्ला कार्यसमिति झापाकी उपाध्यक्ष रिन्जी गुरुङले स्वागत गरेकी कार्यक्रमको सञ्चालन सचिव ममता गुरुङले गरेकी थिइन् ।

झापामा पहिलो सम्मेलनले गोपाल तमूको नेतृत्वमा भएको थियो भने दोस्रो जिल्ला अधिवेशनले २०६८ मा प्रकाश गुरुङलको नेतृत्व पाएको थियो ।

तमू विधार्थीलाई संगठित गर्दै आफ्नो जातीय भाषा, भेषभुषा, संस्कृतिको जर्गेना र तमू एकताको लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको छ ।

“मातृभाषा र सीपमुलक शिक्षा सुनिश्चितताको निम्ति हाम्रो आह्वान स्वरोजगारको अभियान सहित चौथो झापा जिल्ला अधिवेशन“ २०८१ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको छ ।

Adv footer