२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

घट्न थाल्यो प्याज, सस्तिँदै तरकारी बजार


बिर्तामोड, कात्तिक १ । एक सातापहिले बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ ।

आज बिहीबार प्याज प्रतिकिलो अधिकतम १०० रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ । यो थोक मूल्य हो ।

त्यस्तै आलु, गाजर, बोडी, परवर, घिरौँला, बरेला, साग पनि केही सस्तिएको छ । समितिका अनुसार आज ठुलो गोलभेँडा प्रतिकिलो अधिकतम १०० रुपैयाँमा कारोबार भएको छ ।

इलाम, काठमाडौँ र भुटाने रातो आलु ९०, भारतीय सेतो आलु ४८ रुपैयाँमा कारोबार भएको छ । यो अधिकतम मूल्य हो ।

भारतीय रातो आलु अधिकतम ८० रुपैयाँ र न्यूनतम ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

पालुङ, धनकुटाको काउली प्रतिकिलो ७५ रुपैयाँ, रातो मुला २५, सेतो मुला २५, लामो भन्टा १००, तने बोडी १००, घिउ सिमी १५०, तिते करेला १००, लौका ५०, घिरौँला ६०, बरेला १००, इस्कुस १२, भिन्डी १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रायो साग १०० रुपैयाँ प्रतिमुठा र हरियो धनियाँ प्रतिकिलो ४०० रुपैयाँमा कारोबार भएको छ ।

Adv footer