२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा झिलमिले पुलबाट भ्यान खस्दा १० जना घाइते


बिर्तामोड, कात्तिक ४ । झापाको भद्रपुरस्थित झिलमिले पुलबाट म्याजिक भ्यान खस्दा १० जना यात्रु घाइते भएका छन् ।

अहिले साँझ बिर्तामोडबाट बनियानी जाँदै गरेको को. १ ज ३६५७ नम्बरको म्याजिक भ्यान झिलमिले पुलबाट करिब २०० मिटर दक्षिणतर्फ खस्दा दुर्घटना भएको हो ।

साँझ ६ः१० बजे भद्रपुर–४ रमिलाचोकमा म्याजिक भ्यान आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो । म्याजिक नालामा कोल्टे परेको र अहिले घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा कचनकवल–६ बस्ने ३७ वर्षीया कुन्ती दाहाल, भद्रपुर–२ बस्ने ३६ वर्षीया बेबी मगर, सोही ठाउँ बस्ने ३४ वर्षीया भीमा गुरुङ, १८ वर्षीया सुनो लिम्बू, २९ वर्षीया समीक्षा तामाङ, भद्रपुर ३ बस्ने ३० वर्षीया एलिजा गुरुङ, भद्रपुर १ बस्ने ४७ वर्षीय गाडीधनी भीमकुमार लिम्बू रहेका छन् ।

घाइतेहरुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । म्याजिक चालक भद्रपुर १ हिमाली बस्ने ५१ वर्षीय दिलिप सारु मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer