२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

शिवाकोटीद्वारा तीज विशेष लेखनबृत्ती स्थापना


बिर्तामोड, कात्तिक ७ । महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्वि गर्ने उद्देश्यले १२ वर्ष अघि स्थापना भएको नारी सञ्चार गृहमा लेखनबृत्ति स्थापना भएको छ ।

संस्थाका निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिलाहरूको महान चाड तीज पर्वको महत्व, ऐतिहासिकता, मौलिकता, उपलब्धि लगायत सकारात्मक पक्षलाई उजागर गर्ने प्रकृतिको लेख तथा खोजमूलक समाचार सम्प्रेषण गर्ने मध्ये उत्कृष्ट एकजना महिलालाई प्रदान गर्ने गरि लेखनबृत्तिको घोषणा गरेकी छन् ।


संस्थाको १३ ओैँ स्थापना दिवसका अवसरमा निवर्तमान अध्यक्ष शिवाकोटीले घोषणा गर्नु भएको लेखनबृत्तीलाई संस्थाको कात्तिक ६ गते बसेको कार्यसमितिको बैठकले संस्थागत रूपमा ग्रहण गरेको छ।

शिवाकोटीले आफू बाचुन्जेल प्रत्येक वर्ष एकजना महिला पत्रकारलाई प्रदान गर्नेगरी नगद पाँचहजार रूपैयाँ लेखनबृत्ती घोषणा गरेकी हुन् । पछिल्ला केही वर्षयता तीज पर्वबारे नकारात्मक टिप्पणी बढी हुन थालेपछि महिलाहरूको महानपर्वका सकारात्मक पाटो समेत उजागर गर्ने उद्देश्यले लेखनबृत्ती प्रदान गर्न लागेको बताइन् ।

संस्थाले अक्षयकोषको लक्ष्य पूर्ण नभएसम्म महिला पत्रकारको क्षमता अभिबृद्विका लागि स्रोतको खोजी गरी लेखनबृत्तीका लागि पहल गर्ने लक्ष्य राखेको थियो। एकवर्षमा नारी संञ्चार गृहको समन्वयमा लेखनबृत्ती बापत दुइजनालाई जनही पाँच हजार रूपैयाँ प्रदान गरिएको छ ।

चुनौतिपूर्ण मानिएको पत्रकारितामा संलग्न महिलाहरूको उत्प्रेरणा बढोस् भन्ने उद्देश्यले सहसचिव जोस्ना श्रेष्ठले पाचँ हजारको लेखनबृत्ती प्रदान गर्नुभएको थियो । त्यस्तै, संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नो जन्मदिनको अवसरमा पाचँ हजारको लेखनबृत्ती प्रदान गर्दै उक्त कार्यलाई आगामी ५ वर्षसम्म निरन्तरता दिने बताएकी छिन् ।

संस्थाले २०७५ सालदेखि बहुउद्देश्यीय लक्ष्य राखेर ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यले रकम संलकन गर्दै आएको छ । कोषमा हालसम्ममा ४७ लाख रूपैयाँ संकलन भएको र कोषलाई आगामी चैत मसान्तसम्ममा पुरा गर्ने संस्थागत लक्ष्य रहेको अध्यक्ष रेजिना गौतमले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer