२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा भेटियो निलगाईको बच्छो


बिर्तामोड, कात्तिक ११ । झापाको झापा गाउँपालिका वडा नम्बर २ कुवाडी गाउँमा निलगाईको बच्चा भेटिएको छ । एक स्थानीयले माईखोलाको किनारमा उक्त निलगाईको बच्छो भेट्टाएका हुन् ।

स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाईवस्तु माईखोलाको बगरबाट घर ल्याउने क्रममा गाईवस्तुसँगै निलगाईको बच्छो आएको हो ।

निलगाईको सो बच्चाको उमेर अन्दाजी १५–२० दिनको रहेको स्थानीयबासीले बताएका छन् । उक्त बच्छोलाई अधिकारीले दुध खुवाइरहेका छन् ।

उनका अनुसार निलगाईको बच्छो भेटिएपछि हिजो नै स्थानीय जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराइएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख दिपेन्द्र राईले जिल्ला प्रहरी कार्यालय झापा र डिभिजन वन कार्यालयलाई जानकारी गराइएको बताए ।

झापामा यसअघि पनि निलगाई देखापरेको थियो । करिब डेढ दशकअघि निलगाईले हान्दा बिर्तामोड ३ सैनिकमोडमा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer