२०८१ मंसिर ९ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड कृषि थोकबाट छठका लागि ३७ लाखको केरा बिक्री


बिर्तामोड, कात्तिक २२ । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ ।

छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिइन् । उनले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिइन् ।

झापा जिल्लाको एक मात्र केरा बजार बिर्तामोड कृषि थोकमा इलामको दानाबारी, महमाई, झापाको खुदुनाबारी, शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ ।

त्यहाँबाट झापाका विभिन्न ठाउँसँगै विराटनगर र काठमाडौँसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

गत वर्षको तुलनामा यस वर्ष छठ पर्वमा केराको माग बढेको छ । व्रतालुहरूको संख्या थपिँदै गएपछि केराको माग बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer