२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

चारआली खानेपानीमा विष्ट, मेचे र चिमरिया नेतृत्व चुनावी दौडमा


मेचीनगर, कात्तिक २८ । झापा मेचीनगरको तेस्रो ठुलो खानेपानी संस्था चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आगामी कार्यसमितिका लागि रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

मंसिर १ गते हुने निर्वाचनका लागि तीनवटा प्यानल चुनावी मैदानमा छन् । लोकतान्त्रिक समूह, प्रगतिशील समूह र साझा समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

चारआली खानेपानीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यसहित नौ र संयोजकसहित तीन लेखा समिति गरी कुल १२ पदका लागि निर्वाचन हँुदैछ ।

संस्थामा दुई हजार ६९० जना मतदाता रहेका छन् । निर्वाचनमा ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ ।

लोकतान्त्रिक समूहबाट बालकृष्ण विष्टको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ । समूहबाट उपाध्यक्षमा दिपा आचार्य पौडेल, सचिवमा राजेन्द्रप्रसाद रिजाल, कोषाध्यक्षमा यमकान्त पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, साविक दुहागढी ४, ५ र ६ बाट खुला सदस्यमा लक्ष्मी घिमिरे, महिला सदस्यमा रम्बा राजवंशी, साविक धाइजन १, २, ३ र ४ बाट खुला सदस्य धनमाया बस्नेत, साविक धाइजन ५ र ६ बाट महिला सदस्यमा शान्ता नेम्वाङ र खुला सदस्यमा सुकुमार मेचेलाई अघि सारिएको छ ।

लोकतान्त्रिक समूहबाट लेखा समिति संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा हरिप्रसाद रिमाल र जमुनादेवी खरेल ओली उम्मेदवार छन् ।

त्यस्तै, प्रगतिशील समूहबाट सन्तोषकुमार मेचेलाई अध्यक्षको उम्मेदवार छन् । सो समूहबाट उपाध्यक्षमा पुष्पा गौतम खनाल, सचिवमा दामोदर घिमिरे, कोषाध्यक्षमा प्रकाश बराल चुनावी प्रतिस्पर्धामा छन् ।

खुला सदस्यहरुमा साविक धाइजन १, २, ३ र ४ बाट राजेन्द्र कार्की, साविक धाइजन ५ र ६ बाट महिला सदस्यमा भागिरथा खतिवडा, खुला सदस्यतर्फ हरिप्रसाद घिमिरे, साविक दुहागढी ४, ५ र ६ बाट खुला महिला सदस्यमा लीलादेवी कार्की, खुला सदस्यमा कृष्णप्रसाद भण्डारी उम्मेदवार छन् ।

लेखा समिति संयोजकमा रेवतकुमार दाहाल र सदस्यहरुमा श्रीप्रसाद थापा र विमला मिश्र विष्टलाई चुनावी दौडमा छन् ।

यसैबीच, साझा समूहबाट अध्यक्ष पदमा राजन चिमरिया चुनावी मैदान उत्रिएका छन् । सो समूहबाट उपाध्यक्षमा मैया कार्की, सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा साउन मेचे ‘बादल’ को उम्मेदवारी दर्ता भएको छ ।

सो समूहले डिल्लीराम अधिकारी, चन्द्रकला तदेबुङ, पुरुषोत्तम सिग्देल, अञ्जु फेवादिन, तेजबहादुर लिम्बूलाई सदस्यको उम्मेदवार बनाएको छ ।

लेखा संयोजकमा अर्जुन खनाल र सदस्यमा टिकाराम रिजाल र रितादेवी रिजाल न्यौपाने प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer