बिर्तामोड, मंसिर २ । झापाका सफल व्यवसायी कुमार गिरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
बर्दिवासमा सम्पन्न तेस्रो अधिवेशनबाट बिर्तामोडका गिरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
जय घटाल रोडा उद्योगका सञ्चालक उनी झापाका स्थापित व्यवसायी हुन् । उनी रोटरी लगायत सामाजिक संघसंस्थामा पनि सक्रिय छन् ।
महासंघको अध्यक्षमा भने पुनः सीताराम न्यौपाने निर्वाचित भएका छन् । तीन बर्से कार्यकालका लागि न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।