बिर्तामोड, मंसिर ७ । हरिबोधनी एकादशीका दिन शरीरमा दियोको आगो सल्किएर गम्भीर घाइते भएकी बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेकी आमाको उपचारका क्रममा निधन भएको छ ।
न्यौपानी आमा ८५ वर्षीया पुष्पलता न्यौपानेको हिजो राति ९ः४५ बजे भारतको सिलिगुडीमा उपचारका क्रममा निधन भएको हो ।
कात्तिक २७ गते एकादशीमा तुलसीको पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो । घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि भारतको सिलिगुडी लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि हिजोदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।