दमक, मंसिर ११ । झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखाको अध्यक्षमा व्यवसायी रुपक श्रेष्ठ निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रमेशप्रसाद राजवंशीलाई ३३ मतले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले १५५ मत पाए ।
त्यस्तै, उद्योग उपाध्यक्षमा विनोद साह, वाणिज्य उपाध्यक्षमा मनोज दास, सचिवमा पवन दास, उद्योग सहसचिवमा चन्द्र नायक, वाणिज्य सहसचिवमा चन्दन दास, कोषाध्यक्षमा सम्झना अधिकारी अग्रवाल विजयी भएका छन् ।
खुला सदस्यहरुमा श्यामलाल शर्मा, निरज साह, संगीत दास, इन्द्रकान्त दास (रोशन) र अभिषेक साह तथा महिला सदस्यमा पूर्णिमा साह र आरती कमार निर्वाचित भएका छन् ।
सचिव पवन दास, उद्योग सहसचिव चन्द्र नायक र महिला सदस्य आरती कमार राजवंशीको प्यानलबाट निर्वाचित भएका हुन् ।
संघको अध्यक्षसहित कार्यसमितिको १४ पदका लागि ३१ जना व्यवसायीले उम्मेदवारी दर्ता गराएर निर्वाचनमा होमिएका थिए ।