बिर्तामोड, मंसिर १२ । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रमअन्तर्गत सहयोग सुरु गरेको छ ।
वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा विपन्न परिवारलाई सहयोग सुरु गरेको हो ।
वडा नम्बर-१ का वरपीपल टोलका रामबहादुर राजवंशीलाई एकथान ठेलागाडी प्रदान गरिएको छ ।
टोलमै चटपटे व्यवसाय गरेर जीविकोपार्जनको लागि ४२ हजार रुपैयाँ मूल्यको ठेला प्रदान गरिएको वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।
वडाले ठेला उपलब्ध गराउँदा आफूलाई खुसी लागेको राजवंशीले प्रतिक्रिया दिए । वडा कार्यालयका अनुसार विगतका वर्षहरुमा पनि ठेला लगायत विभिन्न आत्मनिर्भर बनाउने सामग्री प्रदान गरिएको र यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिइएको पाण्डेले बताए ।