२०८१ मंसिर १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कर्णाली साकोसको शेयर पुँजी ५२ करोडनजिक


बिर्तामोड, मंसिर १३ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको चुक्ता शेयर पुँजी ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।

आज बिर्तामोडमा सम्पन्न २४ औँ अन्तिम माइन्युट प्रमाणीकरण सभामा अध्यक्ष टसबहादुर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनले आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म ५६ हजार ४०९ जना शेयर सदस्य रहेको जनाएका छन् । चालु आर्थिक वर्षमा ६४ हजार ५५९ जना शेयर सदस्य पुर्याउने लक्ष्य लिइएको छ ।

त्यस्तै, संस्थामा २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैयाँ निक्षेप बचत रहेको छ । संस्थामा ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैयाँ ऋण लगानीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ हजार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने उल्लेख छ ।

कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी कात्तिक २५ गतेदेखि इकाइगत साधारणसभा गरेको थियो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक, यातायात तथा पूर्वाधारमन्त्री भूमिप्रसाद राजवंशीले सहकारीका माध्यमबाट वेरोजगार युवालाई आत्मनिर्भर बनाउन जोड दिए ।

संस्थाका उपाध्यक्ष राजकुमार गौतमले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सहारा साकोसका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer