बिर्तामोड, मंसिर १७ । झापाको शिवसताक्षीस्थित कनकाई नदीबाट सवा लाख रुपैयाँबराबरको सखुवाको काठ बरामद गरिएको छ ।
शिवसताक्षी-१० दोमुखास्थित कनकाई नदी (माईखोला) मा बगाउँदै ल्याइएको ४० क्युबिक फुट काठ हिजो साँझ ५ बजे अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोलीले बरामद गरेको हो ।
एक लाख २० हजार रुपैयाँबराबरको सखुवा जातको काठ आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको प्रहरीले जनाएको छ ।