२०८१ मंसिर १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता लेडी जेसिजले ‘सहारा साहित्य साँझ’ गर्ने


बिर्तामोड, मंसिर १८ । झापाको बिर्तामोडमा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने भएको छ ।

वीरता लेडी जेसिजको आयोजनामा यही मंसिर २१ गते कार्यक्रम हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

प्यानल छलफलमा कवि मनु मञ्जिल, मुनाराज शेर्मा र मिश्र वैजयन्ती वक्ताका रूपमा सहभागी हुने वीरता लेडी जेसिजकी अध्यक्ष मेनुका ओलीले जानकारी दिइन् ।

साहित्य साँझमा विभिन्न विधाका साहित्यिक कृतिहरू प्रस्तुत गरिनुका साथै कलाकार, स्रष्टा र स्रोताबीच सम्वाद गरिनेछ ।

कार्यक्रममार्फत भाषा, कला, र संस्कृतिलाई जोगाउँदै, नयाँ पुस्तालाई त्यसको महत्वबारे जानकारी दिने अध्यक्ष ओलीले बताइन् ।

कार्यक्रमको दोस्रो चरणमा गजल साँझ हुनेछ, जसमा झापाकी गजलकार सिन्दु निरौलाले एकल गजल प्रस्तुति दिने ‘सहारा साहित्य साँझ’ आयोजक समिति संयोजक एलिना रिजाल ढकालले बताइन् ।

कार्यक्रममा मुख्य सहयोग सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गरेको छ । वीरता लेडी जेसिज र सहारा नेपालबीच तीन वर्षयता सहकार्य रहँदै आएको छ ।

कार्यक्रमलाई झापाका कवि तथा पत्रकार लीला अनमोलले सहजकर्ताका रूपमा सहजीकरण गर्नेछिन् ।

पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि राधा सुब्बाले कार्यक्रममा शुभकामना दिँदै साहित्यिक कार्यक्रमको महत्वबारे प्रकाश पारिन् ।

पूर्वअध्यक्ष पार्वता खरेल बिमली र निवर्तमान अध्यक्ष संगीता गिरीले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव मुना ढुङ्गेलले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer