
बिर्तामोड, मंसिर २२ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गको लक्ष्मीपुरमा पिकअप भेन (छोटा हात्ती) ले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।


आज बिहान भएको दुर्घटनामा कनकाई-८ बस्ने ६५ वर्षीय गर्वसिंह राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


दुर्घटनामा घाइते भएका राई उपचारका क्रममा विर्तासिटी अस्पतालमा मृत्यु भएको हो । गाडी र गाडी चालक पर्सा वीरगञ्ज-१६ का ३० वर्षीय दिपक गुप्ता इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।

