२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

विराट–अर्जुन सहकारीको १५ औँ साधारणसभामा शपथ ग्रहण


बिर्तामोड, मंसिर २९ । विराट–अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन भएको छ ।

सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १ करोड १२ लाख ६ हजार ९ सय शेयर पुँजी रहेको जानकारी गराए ।

उनले संस्थामा २ करोड ४९ लाख ८९ हजार ३२५ रुपैयाँ निक्षेप र २ करोड ७७ लाख २५ हजार ७५३ रूपैयाँ कर्जा लगानीमा रहेको बताए । संस्थामा हाल १ हजार ५८४ सदस्य रहेका छन् ।

साधारणसभा झापा जिल्ला सहकारी संघका सहसचिव कृष्ण मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमका बीच संस्थाले स्वर्गीय नरमाया स्मृति शिक्षा कोषबाट अनुष्का चौधरी र राजु हस्दा पुरस्कृत भएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययनरत शेयर सदस्यका छोराछोरीमध्ये जेहेन्दार छात्रछात्रालाई शैक्षिक प्रोत्साहनका लागि कोषमार्फत सहयोग गरिँदै आएको संरक्षक नवीन खरेल र उषा खरेलको भनाइ छ ।

साधारणसभामा विराट बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख रुद्र सिटौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सदस्य भावना घिमिरे र विराट–अर्जुन उपभोक्ता सहकारीकी सल्लाहकार सदस्य कल्पना बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए । उद्घाटन सत्र कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्लीराम प्रसाईंले गरेका थिए ।

साधारणसभासँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण पनि गराइएको छ । निर्वाचन समितिका सदस्य पुष्प बरालले सञ्चालन गरेको कार्यक्रममा निर्वाचन अधिकृत डिल्ली दाहालले निर्वाचितहरुलाई सपथ ग्रहण गराएका छन् ।

नयाँ सञ्चालक समितिमा अध्यक्ष नवीन खरेल, उपाध्यक्ष दिपेश प्रसाईं, सचिव लक्ष्मीप्रसाद खरेल, सहसचिव ईश्वरी प्रसाद काफ्ले, कोषाध्यक्ष कृष्णप्रसाद कुइँकेल रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा एकराज प्रधान, रुद्रप्रसाद नेपाल, खेमबहादुर बस्नेत, शारदा सिटौला, टंकप्रसाद गौतम, राजेश दाहाल रहेका छन् ।

लेखा सुपरीवेक्षण समिति संयोजकमा मालिकलाल राजवंशी, सदस्यहरुमा देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईं रहेका छन् ।

Comments are closed

Adv footer