२०८१ पुष ५ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरका शर्मा बैंकिङ कसुर मुद्दामा पक्राउ


बिर्तामोड, पुस ५ । झापा मेचीनगरका गुञ्जन शर्मा बैंकिङ कसुर मुद्दामा काठमाडौँबाट पक्राउ परेका छन् । फरार प्रतिवादी रहेका उनलाई हिजो पक्राउ गरिएको हो ।

मेचीनगर ९ घर भई हाल काठमाडौँ महाराजगञ्जमा बस्दै आएका ४२ वर्षीय शर्मालाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान अन्दाजी ७ः३० बजे ग्रान्डी टावरबाट पक्राउ गरेको हो ।

उनलाई हिजो साँझ ७ः१० बजे जिल्ला प्रहरी कार्यालय झापामा ल्याई थप अनुसन्धान कार्य जारी रहेको डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

२०७९ चैत १५ गते उच्च अदालत विराटनगर इलाम इजलासले शर्मालाई ८ दिन कैद र ५४ लाख ९४ हजार ९०० रुपैयाँ जरिवाना तोकेको थियो ।

तर, २०८० जेठ ८ गते पाटन जिल्ला अदालतले एक दिन कैद र १ लाख ८५ हजार रुपैयाँ जरिवानासहितको फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer