२०८१ पुष ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कब्जियत रोक्ने उपाय


बिर्तामोड, पुस ६ ।
पानी
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बार प्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर, पानीको नाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन ।

धारा वा कुवाको सफा पानी तताएर वा ‘प्युरिफाइ’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियत भइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।

फाइबरयुक्त खाना

हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएर पैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हित गर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठुलो मूल्य चुकाइरहेका छौँ । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागि महत्वपूर्ण औषधि नै साबित भएका छन् ।

फलफूल तथा सागसब्जी

ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमा प्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावना हँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।

गेडागुडी

भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगले कब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।

तेल

जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलको गेडा पनि कब्जियत उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामा चिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोकिदिन्छ ।

उखुको जुस, खुदो र मह

कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुको जुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।

अंगुर र कागती

उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि यो समस्यालाई तत्कालै समाधान गरिदिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer