२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

नारी सञ्चार गृहद्वारा पत्रकार महासंघमा विजयी आफ्ना सदस्यलाई सम्मान


बिर्तामोड, पुस ६ । नेपाल पत्रकार महासंघको प्रदेश तथा झापा शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले सम्मान गरेको छ ।

सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका पदाधिकारी तथा सदस्यहरु महासंघको गत मंसिर २८ गतेको निर्वाचनबाट प्रदेश तथा जिल्ला शाखामा निर्वाचितलाई संस्थाको नियमित बैठकमा सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको नियमित बैठकमा खादा माला र अबिर लगाएर बधाई तथा कार्यकाल सफलताको कामना गरिएको थियो ।

सो क्रममा पत्रकार महासंघको कोशी प्रदेश उपाध्यक्ष (महिला) मा निर्वाचित नारी सञ्चार गृहकी पूर्वअध्यक्ष अम्बिका भण्डारी, गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल र निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिला नेतृत्व स्थापित गर्नेगरी सकारात्मक र रचनात्मक तरिकाले काम गर्न सुझाव दिए ।

नारी सञ्चार गृहकी पूर्वअध्यक्ष भण्डारी पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष, कार्यसमिति सदस्य विनिशा शर्मा नेपाल पत्रकार महासंघ झापा शाखाको उपाध्यक्ष, कोषाध्यक्ष स्वस्तिका आचार्य सदस्य, निवर्तमान सचिव भूमिका सुब्बा, कार्यसमिति सदस्य इशा प्रधान र अस्मिता साँखी जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

Adv footer