२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

पत्रकार महासंघ झापाको पद हस्तान्तरण


बिर्तामोड, पुस ९ । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औँ स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमबीच महासंघ झापाले स्थापना दिवससहितका कार्यक्रम गरेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सो अवसरमा झापा शाखालाई उत्कृष्ट बनाउन प्राविधिक सहयोग पुर्‍याएको भन्दै सन्तोष शर्मा, सन्तोष अधिकारी, रुपा मुखिया, महासंघकी कर्मचारी अनुषा चुडाललाई सम्मान गरिएको थियो ।

सो अवसरमा नव निर्वाचित महासंघका पदाधिकारीहरु, प्रदेश परिषद् सदस्य र राष्ट्रिय परिषद सदस्यलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

निर्वाचन समिति संयोजक शिरो सान्दाइ (शिरोमणि खतिवडा) ले नव निर्वाचित समितिको नाम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको थियो ।

महासंघ झापा शाखाले निर्वाचन समितिलाई कदरपत्र प्रदान गरिएको थियो । निर्वाचन समिति संयोजक खतिवडा सहित निर्वाचन अधिकृत अधिवक्ता दिपेन्द्र भट्टराई, लक्ष्मी खनाल कोइराला र प्राविधिक प्रमुख विगम श्रेष्ठलाई कदरपत्र प्रदान गरिएको थियो ।

महासंघ झापा शाखाको सम्पन्न निर्वाचनमा सचिव पदमा राजु पाठक र प्रदिप परियारको मत बरावर आएसँगै गोला प्रथाबाट पहिलो कार्यकाल पाठक र दोस्रो कार्यकाल परियारले सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारी गोविन्दचन्द क्षेत्री, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, कोषाध्यक्ष विमल लामिछाने, फोनिजका केन्द्रीय सदस्य दिपिन राई, पत्रकार राजेन्द्र गौतम, गिरिराज भट्टराई, प्रदिप परियार, शम्भुजीत दाहाल, लीला अनमोल लगाायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन डिकेश लामा र राजु पाठकले संयुक्त रुपमा गरेका थिए ।

निर्वाचनबाट उपाध्यक्षमा सुव्रत न्यौपाने, महिला उपाध्यक्षमा विनिता गौतम (विनिशा शर्मा), सहसचिवमा रमेश तिवारी, सहसचिव (समावेशी)मा तिलक तामाङ योञ्जन र कोषाध्यक्षमा मुक्तिनाथ पौडेल विजयी भएका थिए ।

त्यस्तै, खुला सदस्यमा अस्मिता साँखी, इशा प्रधान, स्वस्तिका आचार्य, विनोद पाण्डे, द्रोण अधिकारी, सुदिप अधिकारी, दिपेश राजवंशी, देवेन्द्र प्रसाईं र भूमिराज पराजुली विजयी भएका थिए ।

महिला सदस्यमा भूकुमारी लिम्बू, आदिवासी जनजाति सदस्यमा इन्द्रबहादुर राई, मधेसी सदस्यमा सन्तोष शर्मा र दलित सदस्यमा मनकुमार गदाल विजयी भएका थिए ।

Adv footer