२०८१ पुष २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरको पाँचतारे होटल ‘अश्वत्थ’ जनवरी १ देखि सञ्चालनमा आउने


मेचीनगर, पुस १४ । झापाको मेचीनगरमा नयाँ वर्ष सन् २०२५ को पहिलो दिन (पुस १७ गते) देखि क्यासिनोसहितको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ ।

मेचीनगर-७ इटाभट्टामा राजमार्गसँगै रहेको पाँचतारे होटल ‘अश्वत्थ’ सञ्चालनमा आउने भएको सञ्चालक प्रज्ज्वल घिमिरेले जानकारी दिए ।

एक अर्ब ३० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउन लागेको होटलमा ८४ वटा आकर्षक डिलक्स र स्विट रुमहरु रहेको घिमिरेले बताए । होटलमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्मका आकर्षक कोठाहरु रहेका छन् ।

दुई बिघा क्षेत्रफलमा रहेको होटलमा क्यासिनो, स्वमिङ पुल, जाकुजी, स्पार्क, दुईवटा ब्यांक्वेट हल, योग शिविर, व्यायमशाला, खेल सामग्री लगायतको सुविधाहरु होटलमा रहेका छन् ।

शाकाहारी र मासांहारीसहितको भारतीय, चाइनिज र नेपाली परिकारहरु पाइने होटलमा विदेशी पर्यटकहरुलाई नेपालका आकर्षक मठमन्दिर र पर्यटकीय क्षेत्र घुम्नका लागि माउन्टेन फ्लाइटको प्याकेज समेत राखिएको सञ्चालक घिमिरेले बताए ।

डेस्टिनेसन म्यारिजको प्रभाव

सञ्चालक घिमिरेले डेस्टिनेशन म्यारिज (टाडा गएर विवाह गर्ने) को कारण पाँचतारे होटलको व्यवसाय फस्टाएको दाबी गरे ।

उनका अनुसार भारतका धनाड्यहरुमा प्रायः नेपालका ठुलाठुला होटल बुक गरेर यतै बिहे र पार्टी गर्ने चलन बढेको छ ।

‘भारतका करोडपतिहरुले आफ्ना छोराछोरीहरुको बिहे घर र पार्टी प्यालेसमा नगरेर नेपालका पाँचतारे होटल बुक गर्छन्’, घिमिरेले भने, ‘टाढा लगेर बिहे गर्दा र पार्टी दिँदा बेहुलाबेहुली, जन्ती तथा आफन्त सबै ल्याउने होटलमा नै भोज गर्ने चलन बढेको छ । यसो गर्दा नेपालका होटलहरुको व्यवसाय फस्टाउनेछ ।’

Leave a Reply

Adv footer