२०८१ पुष २० शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा खोरेतविरुद्धको खोप धमाधम लगाइँदै


बिर्तामोड, पुस १५ । बिर्तामोडका नगरपालिकाका १० वटै वडामा गाई, भैँसीलाई खोरेतविरुद्धको भ्याक्सिन धमाधम लगाइँदैछ ।

यस रोगबाट कृषकलाई कुनै पनि प्रकारको क्षति नहोस् भन्ने उद्देश्यले नगरपालिकाले सबै वडामा पुगेर निःशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख डक्टर नगेन्द्र खड्काले जानकारी दिए ।

भ्याक्सिन कार्यक्रम वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९ मा सञ्चालन भइरहेको जनाइएको छ । खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आइतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ ।

वडा नम्बर ९ मा आज सम्पन्न गरेर वडा नम्बर ८ मा भ्याक्सिनेसन सुरु गरिनेछ । यस आर्थिक वर्षमा १३ हजार गाई, भैँसीलाई भ्याक्सिन लगाउने नगरपालिकाको योजना छ ।

नगरपालिकाले कृषकहरुलाई खोरेत, पिपिआर (बाख्रामा लाग्ने सिँगाने रोग) स्वाइन फिभर, रानीखेत (कुखुरामा लाग्ने रोग) विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Adv footer