२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड औद्योगिक व्यापार महोत्सव सफल बनाउन नौवटा उपसमिति


बिर्तामेड, पुस १९ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवका लागि नौवटा उपसमिति गठन गरिएको छ ।
विशाल थापाको संयोजकत्वमा गठन गरिएको महोत्सव मुल आयोजक समितिलाई विस्तार गरिएको हो ।

अर्थतन्त्रलाई चलायमान बनाउन र स्थानीयस्तरमा उत्पादित वस्तुलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रवर्धन गर्न बिर्तामोडमा माघ ८ गतेदेखि १९ गतेसम्म महोत्सवको आयोजना गरिँदैछ ।

महोत्सव मुल आयोजक समितिमा संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने कोषाध्यक्ष युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।

सोही समितिको सदस्यहरुमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश श्रेष्ठ, डिल्लीराम कोइराला, शत्रुघनप्रसाद गुप्ता र सुष्मा उप्रेती सुवेदी रहेका छन् ।

त्यस्तै, अनुगमन समितिको संयोजकमा जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई रहेकी छन् भने सदस्यहरुमा कृष्णप्रसाद बजगाईं, युवराज कार्की पर्वत र सुशीलाकुमारी कार्की रहेका छन् ।

संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति, निर्मल भट्टराईको संयोजकत्वमा बैंक, वित्तीय तथा सहकारी स्टल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ संयोजक र विश्वेश्वरप्रसाद बजगाईं सदस्य रहेको स्टल तथा स्टेज निर्माण व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काको संयोजकत्वमा सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको हो ।

सचिवालय व्यवस्थापन/विद्युत प्राधिकरण संयोजन उपसमितिको संयोजकमा सचिव पुकार बराल र सदस्यहरुमा राजु गौतम तथा रुद्रप्रसाद भुर्तेल रहेका छन् ।

दैनिक कारोबार तथा टिकट व्यवस्थापन उपसमितिमा राजकुमार शाह संयोजक तथा दिनेश श्रेष्ठ र युवराज कार्की सदस्य रहेका छन् ।

तिलोत्तमा खत्रीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यमा शत्रुघनप्रसाद गुप्ता, केदार खनाल, सुशीलाकुमारी बस्नेत रहेका छन् ।

स्थानीय सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ र स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद बजगाईं संयोजक रहेका छन् ।

Comments are closed

Adv footer