२०८१ पुष २३ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

‘दक्ष कालीगढ र भन्सार शुल्कले नेपालको फर्निचर व्यवसाय मारमा’


बिर्तामेड, पुस २० । नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले फर्निचरका क्षेत्रमा भएका कानुनी अड्चनहरु हटाउन पहल गर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आज भएको नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको १० औँ साधारणसभामा बोल्दै उपाध्यक्ष ढकालले यस क्षेत्रका समस्याहरुको गाँठो फुकाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका द्वितीय उपाध्यक्ष खगेन्द्र खरेलका अनुसार १० औँ वार्षिक साधारणसभाले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को अनुमानित आयव्यय तथा लेखापरीक्षकको नियुक्तिको टुंगो लगाउनेछ ।

साधारणसभालाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष डिबी गौतम, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, फर्निचर महासंघका मधेश अध्यक्ष विनोद महत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपालमा दक्ष कालीगढको अभाव, कच्चा पदार्थमा उच्च भन्सार शुल्क लगायतका समस्याका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय मारमा परेको द्वितीय उपाध्यक्ष खरेलले बताए ।

महासंघका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको साधारणसभामा झापा अध्यक्ष रोहित आचार्यले स्वागत गरेका थिए । महासचिव छविलाल गैरेले सञ्चालन गरेको कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष लोकबहादुर बस्नेतले गरेका थिए ।

Comments are closed

Adv footer