२०८२ असार २० शुक्रबार
Jhapa Today
Adv top

लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीका विद्यार्थीलाई न्यानो कपडा


बिर्तामोड, पुस २४ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच झापा हल्दिबारी–२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।

क्लबकी अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई लक्षित गरेर स्वेटर र टोपी लगायतका सामग्री प्रदान गरिएको हो ।

लायन्स क्लब नेपालका डिस्ट्रिक्ट प्रोटोकल चिफ सत्यनारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवसिर्जनाका विद्यार्थीलाई न्यानो कपडा प्राप्त गरेका थिए ।

क्लबकी सदस्य पुनम घिमिरेले झन्डाको अभिवादन, द्वितीय उपाध्यक्ष सरु भूर्तेलले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, विद्यालयका प्रधानाध्यापक भीमप्रसाद दाहाल, हल्दिबारी जेसिजका संस्थापक अध्यक्ष युनिता दवाडीले शुभकामना व्यक्त गरेका थिए ।

Adv footer