२०८१ पुष २५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा प्याज ७०, आलु ४०, टमाटर ३७, काउली १६ रुपैयाँ


बिर्तामोड, पुस २४ । झापको बिर्तामोड कृषि थोक बजारमा प्याज, आलु, टमाटर लगायत तरकारीको मूल्य पछिल्ला दिन घट्दै गएको छ ।

आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ७० र न्यूनतम ६० रुपैयाँमा कारोबार भएको कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले जनाएको छ । यो थोक मूल्य हो ।

आलुको भाउ केही घटेको छ । रातो आलु (पहाड) ४२.५०, भारतीय रातो आलु ३८.५०, सेतो आलु ३१ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ । खासा लसुन २१५ रुपैयाँ छ ।

त्यस्तै, तराईको स्थानीय काउली प्रतिकिलो १६, तराईको ब्रोकाउली ३२.५०, रातो मुला ३५, सेतो मुला ३५, लामो भन्टा ५५, डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

समितिका अनुसार बुधबार टमाटरसँगै घिउ सिमी र टाटे सिमीको मूल्य पनि घटेको छ । बिर्तामोडमा पाँचथर र धनकुटाको टमाटर ३७ रुपैयाँ, भारतीय टमाटर ३२ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

त्यस्तै, घिउ सिमी प्रतिकिलो अधिकतम ७० रुपैयाँ र टाटे सिमी ५० रुपैयाँमा थोक कारोबार भएको छ । भिन्डी ११० रुपैयाँमा कारोबार भएको छ ।

मटरकोसा १०५, तिते करेला ८५, लौका ४५, बन्दा २०, चुच्चे करेला४५, हरियो खुर्सानी ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रायो साग २० रुपैयाँ प्रतिमुठा, पालुंगो साग, चमसुर साग, मेथी साग, सुप साग, हरियो धनियाँ र तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ । इस्कुस १३, तरुल ११०, कन्य च्याउ १३०, डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो छ ।

Comments are closed

Adv footer