२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

एपिएफले सुरु गर्‍यो बिजोर सीमास्तम्भको मर्मत


बिर्तामोड, पुस २६ । सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले झापामा रहेका नेपाल भारत सीमास्तम्भको मर्मत सम्भार सुरु गरेको छ ।

एक कार्यक्रमबीच झापाको मेचीनगनर १५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नम्बर ९५/१२ बाट सीमास्तम्भको मर्मत सुरु गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले झापा जिल्लाअन्तर्गत नेपाल–भारत अन्तर्राष्ट्रिय सीमामा रहेका सीमास्तम्भहरुको मर्मत थालेको हो ।

सीमा स्तम्भमध्ये सीमा कार्यदल (बिवाइजी) को निर्णयानुसार सन् २०१४ पश्चात निर्माण भएका नेपालतर्फबाट मर्मत समभार गरिने बिजोर नम्बरका सीमास्तम्भहरुको मर्मत सुरु गरिएको हो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजी, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत टिकाराम निरौला, नापी अधिकृत दमन न्यौपाने, मेचीनगर १५ का वडा सदस्य बिर्खराज राजवंशी, सशस्त्र सीमा बलका प्रतिनिधिलगायत सीमा सहजीकरण समितिका पदाधिकारी, स्थानीय सीमाबासीहरुको उपस्थिति रहेको थियो ।

भारतीय सीमा सुरक्षा बलले गत वर्ष सीमास्तम्भको रंगरोगन तथा मर्मत गरेको थियो । कार्यदलको निर्णयानुसार जोर नम्बरका स्तम्भ भारतीय सीमा सुरक्षा बलको तर्फबाट मर्मत सम्भार गर्नुपर्ने उल्लेख छ ।

Adv footer