बिर्तामोड, पुस २८ । झापाको शिवसताक्षीमा रहेको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन् ।
बोखिम शानदार मतका साथ सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ७२४ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए ।
अध्यक्षका अर्का प्रत्यासी उदयप्रकाश राईले ३६९ र पूर्वउपप्रमुख समेत रहेकी भोजकुमारी नेपालले २०४ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कृष्णप्रसाद खरेलले ८७१ मत प्राप्त गर्दै निर्वाचित भए । उपाध्यक्षका अर्का उम्मेदवार मोहन पौडेलले २८८ मत प्राप्त गरे । सचिवमा कालीप्रसाद रिजाल ७९६ मतका साथ निर्वाचित भए भने अर्का प्रतिस्पर्धी मोहन राईले ४४० मत प्राप्त गरे ।
सहसचिवमा डिकबहादुर बुढाथोकी ७३४ मत प्राप्त गरी विजयी भएका छन् । भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारले ३३१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा झमकबहादुर गौतम विजयी भएका छन् । गौतमले ६९३ प्राप्त गर्दा अर्का प्रत्यासी भीमबहादुर कार्कीले ४७९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
खुला सदस्यहरुमा कुवेरनाथ लुइँटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बास्तोला विजयी भएका छन् ।
त्यस्तै, महिला सदस्यमा खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन् । १९०९ मतदाता रहेको निर्वाचनमा १३१३ मत खसेको थियो ।
Comments are closed