बिर्तामोड, पुस २८ । बिर्तामोडका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व गौरीप्रसाद तथा लक्ष्मी भण्डारीले छोराको जन्मदिनमा ‘स्वच्छ समाजका लागि सामाजिक अभियान’लाई आर्थिक सहयोग गरेका छन् ।
शनिबार पर्न गएको छोरा सन्देशको जनदिनको अवसर पारेर अभियानलाई उनहरुले ३५ हजार सहयोग प्रदान गरेका हुन् । भण्डारीका छोरा सन्देश कक्षा १० मा न्युटन्स् एजुकेसन एकेडेमीमा अध्ययनरत छन् ।
अभियानका अध्यक्ष बिर्तामोड–६ का गणेश ढुंगाना, अभियानका आजीवन सदस्य बिपी कोइरालालाई गौरी तथा उनका छोरा सन्देशले संयुक्त रूपमा सो रकम बराबरको चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् ।
अनाथ दिन दुःखी तथा सडकमा आश्रित मानवहरूलाई राख्नका लागि ढुङ्गानाको अग्रसरतामा अर्जुनधारा–११ स्थित देउनिया पुलको करिब ७ सय मिटर उत्तर क्षेत्रमा दुई कठ्ठा सात धुर जग्गा अभियानका नाममा खरिद गरिएको छ ।
जग्गा अभियानको नाममा आइसके पनि जग्गाधनीलाई अझै करिब ७ लाख रुपैयाँ तिर्न बाँकी रहेको अभियानका संयोजक समेत रहेका अभियन्ता ढुंगाना बताउँछन् ।
विगत एक दशकदेखि सडकमा फ्याँकिएका प्लास्टिक तथा कबाडी सङ्कलन गरेर अनाथ आश्रम बनाउने अभियानमा ढुंगाना लागिपरेका छन् ।
Comments are closed