भद्रपुर, माघ १९ । झापाका उद्योगी दिपेश ढकालले भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको गेटमा सुविधायुक्त एअरपोर्ट होटल सञ्चालनमा ल्याएका छन् ।
भद्रपुरमा सुविधासम्पन्न होटलको खाँचो एअरपोर्ट होटलले पूरा गर्ने सञ्चालक ढकालले विश्वास लिएको बताए । माघ २६, २७ र २८ गते होटलको उद्घाटन रहेको उनले जानकारी दिए ।
ढकालका अनुसार उद्घाटनका अवसरमा खाना नास्ताका आइटममा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । होटलमा पाँचतारेस्तरको डिलक्स, स्विट र डबल स्विट गरी १७ वटा कोठा रहेका छन् ।
होटलमा ४५ जनासम्म मानिसलाई ब्रेकफास्ट सहितको सहुलियत दरमा सुलभ र सुविधायुक्त बेडमा आरामसँग सुत्न–बस्न तथा कन्टिनेन्टल, इन्डियन, चाइनिज र तन्दुरी खानाको बन्दोबस्त छ ।
होटलमा नेपाली मौलिक परिकारहरू र नेपाली खाना पनि पाइन्छ । सेकुवा, छोइला र ममका परिकारहरू सुरू भइसकेको ढकालले बताए ।
सञ्चालक दिपेश ढकालका अनुसार होटलसँगै गणपति बेकरी पनि सञ्चालनमा रहेको छ । त्यहाँ कफीका विभिन्न स्वाद र आइटम, बेकरीहरू र पिज्जा, बर्गर पनि पाइने गरेको छ ।
Comments are closed