२०८२ बैशाख ८ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गा प्रसाईंले बनाइदिए सिंहदेवी माविको दुईतले भवन


बिर्तामोड, माघ २३ । गत वर्ष मोहनमाया माध्यमिक विद्यालयलाई १२ कोठे विद्यालय भवन बनाइदिएका बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले यस वर्ष सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेका छन् ।

आफ्ना दिवंगत पितृहरुको स्मरणमा करिब २ करोड रुपैयाँको लागतमा अर्जुनधारा-१ सिस्नेस्थित सिंहदेवी माविलाई उनले खानेपानी ट्यांकीसहित विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् ।

प्राध्यापक डक्टर सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको विद्यालयको ६६ औँ वार्षिकोत्सवका अवसरमा बिएन्डसी अस्पतालका सञ्चालक प्रसाईं, अध्यक्ष इन्दिरा गिरी, प्रसाईंका छोरा डक्टर निराजन प्रसाईं, बुहारी डक्टर अन्जली कार्कीलगायतले विद्यालयलाई सो भवन हस्तान्तरण गरेका हुन् ।

सिंहदेवी माविले प्रसाईंसँग खानेपानीको ट्यांकी निर्माण गरिदिन आग्रह गरेको थियो तर, उनले त्यहाँ करोडौँको विद्यालय भवन नै बनाइदिएका हुन् ।

गत वर्ष बिर्तामोड-२ स्थित मोहनमाया माविले पनि प्रसाईंसँग दुईवटा कोठा बनाइदिन आग्रह गरेको थियो । तर, उनले १२ कोठे विद्यालय भवन नै बनाइदिएका थिए ।

Adv footer