२०८२ बैशाख ७ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

जलेर घाइते भएका मेचीनगरका राईको मृत्यु


बिर्तामोड, फागुन २५ । झापाको मेचीनगर–४ आमडाँगीमा फागुन ९ गते आगलागीबाट गम्भीर घाइते भएका ५१ वर्षीय वीरेन्द्रराज राईको मृत्यु भएको छ ।

राईको उपचारको क्रममा फागुन २५ गते बिहान ३ः३० बजे विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राईको घरको पूजा कोठामा अचानक विद्युत सर्ट भई आगलागी भएको थियो । आगो निभाउने क्रममा उनको दुवै हात, दुवै खुट्टा र अनुहार जलेर गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रारम्भिक उपचार गरिएपछि थप उपचारका लागि विराटनगर लगिएको थियो । त्यहाँबाट घोपा धरान हुँदै पुनः विराटनगर फर्काइएको थियो ।

Adv footer