
बिर्तामोड, फागुन २९ । झापाको कनकाई नगरपालिकास्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई २ जामुनबारीका ३३ वर्षीय सविन तामाङ रहेका छन् । तामाङको उपचारको क्रममा आज १ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तामाङले हिजो राति ७ बजे चलाएको प्रदेश १–०१–०१३ प ८०९१ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई पछाडिबाट ठक्कर दिएका थिए ।
ठक्करबाट साइकलयात्री सोही ठाउँका १९ वर्षीय सलिन कार्की र तामाङ घाइते भएका थिए । तामाङले तीव्र गतिमा मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ ।
जामुनबारीस्थित भित्री सडक खण्डमा जामुनबारीबाट सुरुंगातर्फ जाँदै गरेका तामाङलाई ठक्कर दिएका थिए ।
दुवैजना घाइतेलाई तत्काल कनकाई नगर अस्पताल सुरुंगामा सामान्य उपचारपछि बिएन्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।