
बिर्तामोड, चैत ४ । झापाको कनकाईमा फलामको पाइपले हानेर एक युवकलाई गम्भीर घाइते बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कनकाई-७ मन्सापुर बस्ने २० वर्षीय दिपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय सुजन राजवंशी रहेका छन् । उनीहरुले हिजो राति अन्दाजी १०ः३० बजे कनकाई-६ का अन्दाजी १८ वर्षीय आयुष भुजेललाई फलामको पाइपले हानेका थिए ।
पाइपले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका भुजेलको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने राई र राजवंशीलाई फलामको पाइपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।