२०८१ चैत्र ५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा वनमा डढेलो, लाखौँको क्षति


बिर्तामोड, चैत ५ । झापाका विभिन्न तीनवटा सामुदायिक वनमा लागेको डढेलो लाखौँको क्षति भएको वन समूहहरुले जानकारी दिएका छन् ।

मौसममा पश्चिकी वायुको प्रभावका कारण चलेको तीव्र गतिको हावाहुरीले डढेलोलाई थप सहयोग गरेको प्रहरीले जनाएको छ । डढेलोका कारण झापामा ठुलो क्षेत्रफलको वनमा क्षति पुगेको छ ।

हिजो दिउँसो भद्रपुर ४ स्थित मायालु सामुदायिक वनमा लागेको आगलागीबाट ५० बिघाभन्दा बढी वन क्षेत्रमा क्षति पुगेको छ । प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोली, भद्रपुर र बिर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै, दमक १० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ । तीव्र गतिको हावाहुरीका कारण आगो फैलिएर नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिका ६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको छ । हिजो साँझ लागेको आगलागीबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले जानकारी दिए ।

Adv footer