२०८१ चैत्र ५ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

निर्माणाधीन घरमा लडेर अर्जुनधाराका बस्नेतको मृत्यु


बिर्तामोड, चैत ५ । झापाको अर्जुनधारामा बनिरहेको घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा-४ का रणबहादुर बस्नेत रहेका छन् । आज बिहान अन्दाजी ८ बजे बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी लगाउने क्रममा लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडमा ल्याइपुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

Adv footer